मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

यसअघि बुधबार अपरान्ह ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको थियो तर नेपाली कांग्रेसका प्रदेश सांसद बैठकमा उपस्थित नहुने भएपछि प्रदेश सभा बैठक स्थगित भएको थियो ।

आज बस्ने बैठकमा कांग्रेस उपस्थित हुने मुख्यमन्त्री जम्मरकट्टेल विश्वासको मत दिने बुझिएको छ । बुधबारनै बसेको कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर सरकारमा सहभागि हुने नहुने निर्णय नभएको बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसले बागमती प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।

यसैगरी प्रदेश सरकारमा रहेको एमालेले विश्वासको मत नदिने र सरकार छोड्ने तयारी गरेको बुझिएको छ । विकसित राजनीतिक घटनाक्रमसँगै एमालेले प्रदेश सरकार तयारी गरेको हो ।

एमालेको समर्थनमा २५ पुसमा बागमतीको चौथो मुख्यमन्त्री बनेका जम्मकट्टेलले दोस्रो पटक प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ प्रदेश सरकार छाडेपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनु परेको हो ।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिँदा ११० प्रदेश सदस्यीय रहेको प्रदेश सभामा १०५ मतसहित विश्वासको मत पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*