देशभरका युवाहरु एमालेको साथमा रहेको प्रमाणीत भयो – गुरुङ

हेटौँडा । नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य पार्वत गुरुङले देशभरका युवाहरु एमालेको साथमा रहेको प्रमाणीत भएको बताएका छन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ को वडा अधिवेशनमा बोल्दै पोलिटब्युरो सदस्य गुरुङले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणामबाट सबै दलहरु एकतातिर मिल्दा पनि एमाले निकट अनेरास्ववियु प्रथम स्थानमा रहनुले एमालेमा युवाहरुको क्रेज बढेको देखिएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने ‘ हामीलाई एक्लो पार्नको लागि दुई महिनाको अन्तरालमा गठवन्धन टुटाउने काम भयो, यस्को असर स्ववियु निर्वाचनमा पनि देखिने होकि भन्ने डर थियो, तर देशभरका युवाहरुले एमालेलाई देखाएको विश्वासको कारण घेराबन्दी तोडदै प्रथम बन्न सफल भयौँ, यस्ले के प्रमाणीत गर्छ भने देशभरका युवाहरुमा एमालेको क्रेज बढ्दो क्रममा छ ।’

स्ववियु निर्वाचनमा स्वतन्त्र भनिएकाहरु नराम्रोसँग पराजित भएको भन्दै एमालेप्रति जनविश्वास थप बढेको बताए । मिसन ग्रासरुटले एमालेप्रतिको उर्जा थप गर्ने बताउँदै गुरुङले देश बनाउने भिजन एमाले बाहेकको अरु कुनै दलसँग नभएको दाबी गरे ।

हामिले सरकारमा रहँदा जहिलेपनि जनताको हित, देशको विकासको लागि मात्र सोच्ने गरेका छौँ, गणितले कहिलेकाँही साथ नदिनपनि सक्छ तर यो देश बनाउने भिजन एमाले बाहेक अरुसँग छैन, एमालेसँगको भएको भिजनलाई साथ दिनेको जमात दिनानुदिन बढदै गाएको छ –उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*