प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्नुहुने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि बिचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
























