सत्ता गुम्ने डरले सरकार मुकदर्शक बन्यो – दिपक सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं पूर्वउर्जा राज्यमन्त्री दिपक बहादुर सिंहले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले देशैभरी ठुलापार्टी हरुले विभिन्न अभियान चलाईरहँदा मिसन महाकाली अभियान नचलाएको भन्दै असन्तुष्टि जनाए उनले’ मिसन माउन्ट एभ्रेष्ट,मिसन ग्रासरुट लगाएतका अभियान चलाईरहँदा मिसन महाकाली अभियान किन चलाउन नसकेको ‘भन्दै प्रश्न गरेका छन् ।

सांसद सिंहले आक्रोशित हुँदै कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा बोल्न डराएको आरोप लगाएका छन उनले भने ‘सरकारले सत्ता गुम्ने डरले कालापानीको विषय गुपचुप राख्यो ‘।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*