चितवन–२ को उपनिर्वाचनमा २४ जनाले दिए उम्मेदवारी

काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोमबार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा ९एमाले० का रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो ।

यसैगरी, जयजन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रिन, मङ्गोल नेश्नल अर्गनाईजेशनका टेकबहादुर तामाङ, राप्रपाका जीवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै स्वतन्त्रतर्फ सूर्य श्रेष्ठ, विक्रम श्रेष्ठ, डा। भोजराज बगाले, सुवास परियार, सुदर्शन कँडेल, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमायाँ कोइराला, रामकृष्ण ओझा र चक्रपाणि न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भयो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*