धर्मका विभिन्न प्रकार भएपनि लक्ष्य एउटै हो – उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्व जनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ ।

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताउनुभयो ।

उहाँले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । उहाँले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरु सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरु सफल रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*