अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।

पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*