माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको दलका नेता समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*