आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानमै उल्लेख भइसकेका, आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उहाँले बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले परिवर्तनलाई बिचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन समेत आग्रह गर्नुभयो । वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उहाँले बताउनुभयो । जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउन सक्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

अहिले हामी सरकारको नेतृत्वमा हुँदा नै बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उहाँको तर्क छ । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन र सरकारलाई जनमुखी बनाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*