संविधानको कार्यान्वयनका लागि सबै दलहरुबीच एकता हुनुपर्छ – सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुबीच हार्दिक एकता कायम हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उनले यस्तै बताएका हुन् । ‘नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरू बीच हार्दिक एकता कायम गर्नुपर्छ,’ देउवाले भनेका छन् ।

लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष २०८० प्रेरणादायी वर्ष बन्ने विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*