मेयर बालेनविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौँ – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ।

प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको झोकमा एक हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल र प्रधानमन्त्री विनास बालुवाटारको फाहोर उठाएका छैनन्।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न अधिवक्ता श्रेष्ठको रिटमा माग गरिएको छ।

श्रेष्ठले भनेका छन्, ‘नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको हुँ।’

उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतको प्रशासनले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*