हेटौँडामा १२ वर्षे ‘लाल हिरा नाच’
हेटौँडा । मकवानपुरको हेटौँडामा पहिलो पटक नेवारी सस्कृतिमा चर्चित रहेको लाल हिरा नाच प्रर्दशन भएको छ । देवनगर देउला टोलविकास समति हेटौँडा–८ को आयोजनामा भएको देउला पुजा समारोहको अवसरमा देवनगर टोलमा नाच प्रर्दशन भएको हो ।
शुक्रबार साँझबाट भएकाृ नाच शनिबारसम्म हुने आयोजकले जनाएको छ । मकवानपुरका चित्लाङबाट आएको सास्कृतिक समुहले नाच प्रर्दशन गरेका छन् । नेवारी परम्परा तथा सस्कृतीलाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको टोल विकास सस्थाका अध्यक्ष शंकर देउलाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेशका पुर्व मन्त्री एका लाल श्रेष्ठले देउला समाजे परापुर्व कालबाट अस्थित्वमा रहेको लाल हिरा नाचलाई हेटौँडामा प्रर्दशन गरेर कला सस्कृति क्षेत्रको जगेर्ना गरेको बताए । अहिलेको नयाँ पुस्तालाई आफ्नो कला, सस्कृतिको विषयका जानकारी दिनु प्रशंसनीय काम भएको भन्दै यस्ताखाले कार्यक्रमलाई जारी राख्नुपर्ने बताए ।
हेटौँडा ८ को देवनगरमा रहेको मन्दीरबाट झाँकी सहित कार्यक्रमस्थलमा पुगेर सास्कृतिक प्रर्दशनी भएको थियो । कार्यक्रममा सयौँ स्थानीयहरुको सहभागिता रहेको छ । कार्यक्रममा हेटौँडा ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा नंबर ४ का वडाध्यक्ष नविन सिग्देल, वडा नंबर ८ का पुर्व वडाध्यक्ष गोपाल श्रेष्ठ सहित स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पञ्चदेव, नागराज, लाखे सहितका नाचहरु प्रर्दशन हुनेछ ।

























