तनहुँ–१ मा २५ हजार मत गन्दा स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत पाए

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् ।

कुल २५ हजार ३६९ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि बढी पाएका हुन् ।

मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*