बारा–२ मा सुरु भयो मतगणना

बारा । बारा २ को मतगणना सुरु भएको छ । कलैयास्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी ९जसपा० का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*