चितवन-२ मा एमालेले सुरुवाती अग्रता बनायो

चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*