ढाका कुमार श्रेष्ठको सांसद पद पनि रिक्त

काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ । सोही जानकारी संसदलाई गराउने तय भएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*