बारा क्षेत्र नम्बर -२ मा पुन: मतगणना सुरु
काठमाडौँ । बारा क्षेत्र नम्बर- २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ।
मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि मतगणना रोकिएको थियो।
उनीहरू चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो।
सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए। त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहाले पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो।
बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीलगायत प्रतिस्पर्धामा छन्।
हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिएका छन्।
























