बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नु भएको छ।

पछिल्लो मत गणनाको परिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५४७३ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने १० हजार ७३९ मत प्राप्त गर्नु भएको छ।

यादव कुशवाहाभन्दा ४ हजार ७३४ मतले अगाडि हुनुहुन्छ । तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*