कुवेतलाई नेपालले दियो २८१ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१र३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए ।

कुवेतले पाउने लक्ष्य डीएल प्रणालीबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो । नेपालले पावर प्लेमा एक ओभर बढी खेलेका कारण कुवेतले एक रन कम अर्थात २८१ रनको लक्ष्य पाएको हो । डीएल प्रणालीमा अगाडि रहन कुवेतले २० ओभरमा १०७ रन बनाउनुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*