निरा पाण्डे आचार्यको हत्यामा संलग्न विनोद विकलाई काठमाडौं ल्याइँदै

काठमाडौं–काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आईतबार काठमाडौं ल्याउँदै छ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो। बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो।

हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो। कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको यही वैशाख ७ गते पसलमै हत्या भएको थियो।

प्रहरीले निराको हत्यामा झापा धुलाबारीका विनोद विक संलग्न भएको भने पनि उनको संलग्नताबारे सबै विवरणहरु खुलेका छैनन्। हत्यामा संलग्न भएको आरोप लागेका विकलाई काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*