रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएको हो। राईविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार राई भएको दावी गरिएको छ। नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेका थिए ।

उनीहरू पक्राउ परेपछि दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले बताएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*