प्रचण्ड–ओलीबीच आज पनि भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ ।

यी दुई नेताबीच बिहीबार पनि सिंहदरवारमा भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ ।

बिहीबार भएको भेटमा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन रु भन्दै आपत्ति जनाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*