नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार डराउनु हुँदैन – अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएको छ ।

आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले नडराइकन कारबाही अघि बढाउनुपर्ने उहाँले बताउनुभएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी समेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग लगातार दुई दिन भेटवार्ता गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*