संसद बैठकमै अर्धनग्न बने सांसद अमरेश कुमार सिंह

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ ।

सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो । तर सभामुख घिमिरेले सांसद सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उहाँले गञ्जी र सर्ट फुकालेर बिरोध जनाउनु भयो ।

सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभएको थियो । सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो।

अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । सिंह सर्लाहीबाट निर्वाचित सांसद हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*