भ्रष्टाचारी नेतालाई बागमतीमा चोपाल्नुपर्छ – मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाउनु भएको छ ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो असन्तुष्टि जनाउनुभएको भएको हो । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन तिर लाग्नुपर्ने उहाँको तर्क छ ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउदै उहाँले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गर्नुभएको छ। जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*