नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ संशोधन प्रस्ताव दर्ता

काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ ।

नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रमुख विपक्षी नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो ९महासेठ०, भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव दर्ता गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिएका छन्। राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल, बिमला घिमिरे र तुलसा कुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

जेठ ५ गते संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*