मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै , यी हुन् छलफलका एजेण्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

‘एजेण्डाबारे खुलाइएको त छैन तर बजेट, प्रमको भारत भ्रमण र गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई दिइने कैद छुटका बारेमा निर्णय हुने प्रबल सम्भावना हो’, ती मन्त्रीले भने,‘त्यसबाहेक अरू तत्काल निर्णय गर्नुपर्ने अरू विषय छैनन् ।’

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

यसका साथै भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक साताको प्रत्येक मंगलबार बस्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*