बागमती प्रदेशले ‘एक विद्यालय, एक नर्स’कार्यक्रमलाई कक्षा १२ सम्म विस्तार गर्ने

हेटौंडा । बागमती प्रदेश सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’कार्यक्रमलाई विस्तार गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने भएको छ ।

आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताए ।

उनले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने बताए ।

यस्तै प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम’लाई थप विस्तार गरेर समुदायमा लैजाने भएको छ ।

आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो जानकारी गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*