प्रधानमन्त्री दाहाल विशेष विमानमार्फत इन्दौर प्रस्थान

काठमाडौँ – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ। फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दौरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री दाहालकोे

सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन्। शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टिसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो। प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*