प्रधानमन्त्रीको स्पष्टीकरण – ‘वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु, बंगलादेश मोडल मेरो कुरा होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताएका छन् ।

भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक रुपमै सीमा समाधान गर्छौं भनेर पहिलो पटक बोलेको भन्दै उनले भने, ‘यताउता गर्यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको छु ।’

जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए । ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु,’ उनले भने, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’

बरु एमाले निकट वुद्धिजिवीहरुले नै बंगलादेशसँग पहुँच हुने हो भने विकल्पमा जान सकिन्छ भनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, तपाईँहरुसँग नजिक भएका वुद्धिजिवीहरले भनेका छन् । नाम भन्नै बल गर्नुहुन्छ भने मलाई अप्ठ्यारो छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*