अघिल्लो सदनले दुई पटक पारित गरेको विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदले दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान हुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्ष सांसदहरुले सो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गरिएकोमा आपत्ति जनाईरहेका बेला प्रधानमन्त्री दाहालले अघिल्लो सदनले दुई दुई पटक विधिसम्मत ढंगले पारित गरेको सो विधेयक अहिलेको संसदले मान्दिन भन्न नमिल्ने तर्क समेत गर्नुभयो ।

उहाँले संसद पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले संविधानसम्मत ढंगले अघिल्लो सदनले दुई दुई प्रमाणिकरण गर्नका लागि पठाएको विधेयक त्यसो नगरेर तत्कालिन राष्ट्रपति विद्या भण्डारीले संविधान मिचेको उल्लेख गर्दै उहाँले त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिबाट प्रमाणिकरण गर्नु परेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले सोकुरा उल्लेख गरिरहँदा विपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । एमालेका सांसद सुर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान विपरित रहेको जिकीर गर्दै आपत्ति जनाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*