आज दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११:११ बजे बस्दै छ ।

प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ ।

आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन ।

सोमबारको प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो ।

आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*