यथास्थितिमा बजेट पास हुन दिँन्नौ – माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरू र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै बजेट पक्षपातपूर्ण भएको उनको ठहर छ। सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए ।

त्यसैगरी उनले नक्कली शरणार्थी प्रकरण, मिटरब्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रूप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए । उनले राजनीतिकको स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफूहरूले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरे ।

उनले इमान्दारहरू पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*