राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो।

सचिवालय स्रोतका अनुसार उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएकोले छ । यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। अस्पताल श्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*