सङ्खुवासभाको बाढी पहिरो प्रभावित क्षेत्रको प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारी टोलीले बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री सहितको टोली सङ्खुवासभाको तुम्लिङटार पुगेर बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकन गरेको हो । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा लाग्न जिल्लाका सबै सरकारी संयन्त्रका साथै स्वयंसेवी सङ्घसंस्थालाई समेत अपिल गरे । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए ।

‘म अस्ति मात्र मेलम्ची गएको थियो त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो’ प्रधानमन्त्रीसहितको टोली सोमबार नै काठमाडौँ फर्किएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*