निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको सांसद अमरेशकुमार भनाई

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलका भाग लिँदै उहाँले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो । उहाँले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताउनुभयो ।

सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो रु भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*