हेटौंडा बजार क्षेत्रको राजमार्गमा परेका संरचना भत्काउन सडक डिभिजनको सूचना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि आज सूचना प्रकाशित गरेको छ । हेटौंडाको रातोमाटे देखि बुद्धचोक हुँदै रापती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकासित गरिएको हो ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
























