आज बागमती प्रदेशसभाको बैठक बस्दै
हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउसो बस्ने भएको छ । प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमाथीको छलफलका लागि आज बैठक बोलाइएको हो । प्रदेशसभाको बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ ।
यसअघि नेकपा एमाले, राप्रपा लगायतका दलहरुले सरकारले पक्षपाती ढंगले बजेट ल्याएको भन्दै संसद चल्न दिएका थिएनन् । दुइ दिन सम्म बैठक चल्न नदिएपछी संसद बैठक आजका लागि सारिएको थियो ।
प्रदेशसभामा रहेका दलहरु मध्य प्रतिपक्षी दलहरु बजेट पुनरलेखन गर्नुपर्ने माग गरिरहेका छन् भने सत्ता पक्षका दलहरु बहुमतको आधारमा बजेट पारित गर्ने तयारीमा रहेका छन् ।
























