प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुक्रबार दिउँसो १ बजे बस्दैछ ।

शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ ।

बिहीबार राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० तथा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बहुचर्चित मिटरब्याजसम्बन्धी विधेयक भने कार्यसूचीबाट हटाईएको छ । सत्तारुढ घटक जनता समाजवादी पार्टी जसपाले नै यथास्थितीमा विधेयक पास गर्न नसक्ने अडान लिएपछि संसदमा शुक्रबारको सम्भावित कार्यसूचीबाट यो विधेयक हटाइएको हो ।

मुख्य विपक्षी दल एमालेले पनि अध्यादेश निष्क्रिय भएसँग विधेयकको कानुनी हैसियत सकिएको बताइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*