तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको छ – गृहमन्त्री श्रेष्ठ
काठमाडौँ–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप नगर्ने जनाएका छन्।
चितवनको भरतपुरमा शनिबार पत्रकारसँग कुरा गर्दै गृहमन्त्रीले,‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं। हामी त्यस्तो कुरा गर्दैनौं, निर्दोष फस्ने र दोषी उम्किने हुँदैन, तपाईंहरू काम गर्नुस् भनेका छौं, प्रहरीले त्यसैगरी कम गरिरहेको छ।’ उनले भने,‘तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको छ।’
कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए।
अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको श्रेष्ठको भनाई छ।
साथै,गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन्।
अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए।
























