सडक विस्तार अघि मुआब्जा नपाएका घरधनीहरुलाई उचित व्यवस्थापन गर्नु पर्छ – निर्माण व्यवसायी संघ

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा धारणा सार्वजनिक गरेको छ । संघले सोमबार विज्ञप्ती प्रकाशित गर्दै भनेको छ ‘हेटौंडाको सडक विस्तार गर्दा मुआब्जा नपाएका घरधनीहरुलाई उचित व्यवस्थापन गर्नु पर्छ ।

हेटौंडाको रातोमाटेदेखि राप्तिपुलसम्म मापदण्ड अनुरुप २५ गज सडक फराकिलो बनाउने गरी डिभिजन सडक कार्यालय मकवानपुरले प्रकाशन गरेको सूचना स्वागतयोग्य रहेको समेत संघ महासचिव राजेन्द्रप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सडक फराकिलो बनाउनुपर्छ तर विकासको नाममा मुआब्जा नपाएका घरधनीहरुको बास नै नहरने गरी सडकमा पुर्‍याउने कार्य जनताको अभिभावक बन्नुपर्ने सरकार पक्षबाट हुन नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रदेश राजधानी समेत रहेको हेटौंडा साँघुरो सडकका कारण भीडभाड र दुर्घटना बढी हुने गरेको छ । सडक विस्तार हुनुपर्छ तर बाँकी मुआब्जा वा क्षतिपूर्ति र व्यवसायीको व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक समन्वय र सहकार्य गरिनुपर्ने संघको आधिकारिक धारणा भएको विज्ञप्तीमा उल्लेख छ । डिभिजिन सडक कार्यालयले सडक सिमाभित्र पर्ने संरचना हटाउन असार १० गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*