ट्रेड युनियन कांग्रेसले गर्यो श्रमिकको न्युनतम पारिश्रमिक तोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली ट्रेड युनियन कांग्रेसले श्रमिकको न्युनतम पारिश्रमिक तोक्न सरकारको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजय राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउनको दोस्रो हप्तासम्म सरकारबाट श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न गम्भीरता नदेखाएको बताए ।

यसअघि न्युनतम पारिश्रमिक निर्धारणका लागि पटक–पटक छलफल हुँदा पनि सहमती हुन नसकेपछि ट्रेड युनियन कांग्रेसले तत्काल श्रमिकको न्युनतम पारिश्रमिक मासिक २५ हजार तोक्न भनेको थियो ।

असार २७ गते देशैभर रहेका सबै सदस्यहरुले प्रधानमन्त्री, श्रममन्त्री र श्रम सचिवलाई एसएमएस र असारढ २८ गते ७७ वटै जिल्ला समितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाएको राईको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार असार २९ मा साटै प्रदेश समितिले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो भने ३१ गते काठमाडौंमा राष्ट्रिय समितीले श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाई दबाब सृजना गरेको थियो ।

ट्रेड युनियन कांग्रेसले हालसम्म पनि जिल्ला एवं विभिन्न प्रतिष्ठानहरुका कार्यालयमा व्यानर झुण्ड्याएर निरन्तर दबाब अभियानमा जारी राखेको छ ।

न्युनतम पारिश्रमिक बोर्डको बैठक यथाशिघ्र बोलाई सरकार तथा सरोकारवालासँग श्रमिकको न्युनतम पारिश्रमिक सहमतीको आधारमा त्रिपक्षीय समितीका माध्यमबाट २५ हजार पुन तोक्न ट्रेड युनियन कांग्रेसको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*