अनेरास्ववियु पाटनको गतिरोध अन्त्य
काठमाण्डौ । अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटीको केही समय देखि चलेको साँगठनिक गतिरोध अन्त्य हुने भएको छ ।
गतिरोध अन्त्य गर्नको लागि आज नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा सहमति भएको छ ।
एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा पाटी केन्द्रिय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोर बिक्रम मल्ल ,अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडाल, अनेरास्ववियु पाटन क्याम्पस कमिटीका अध्यक्ष सुरेश जि.सि. , उपाध्यक्षहरु अन्जन सापकोटा, सोम लामा र प्रज्वाल भन्डारीसँग साँगठनिक गतिरोध अन्त्य गर्ने गरि सहमति जुटाईएको हो ।

























