संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयताप्रतिको संशय हट्दै गएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कार्यान्वयनको चरणमा रहेको संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको बताए ।

संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएको उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भइसकेको उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने विश्वास व्यक्त गरे ।

‘संघीयताप्रतिको संशय हट्दै गएको छ । आगामी दिनमा जनमानसमा बाँकी रहेको संशय सकिनेछ,’ संघीय मामिलामन्त्री मोदीले भने ।

प्रदेश सरकार र स्थानीय सरकारका केही कमजोरीलाई लिएर संघीयताबारे नकारात्मक टिप्पणी नगर्न पनि उनको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*