सम्मेलन आयोजक संयोजकमा सोम मोक्तान

मकवानपुर, २४ साउन । अनेरास्ववियु पाटन बहुमुखी क्याम्पस, क्याम्पस कमिटी सम्मेलन आयोजक कमिटि संयोजकमा सोम मोक्तान चयन भएका छन् । कमिटीमा देखिएको समस्या समाधान गर्नका लागि भएको छलफलबाट मोक्तानलाई जिम्मेवारी दिइएको हो । सम्मेलन आयोजक कमिटिमा क्याम्पस कमिटिका पदाधिकारी र सदस्यहरुलाई नै सदजिम्मेवारी दिईएको क्याम्पस कमिटिका उपाध्यक्ष अञ्जन सापकोटाले जानकारी दिए ।

क्याम्पस कमिटिमा केही समयदेखि देखिएको गतिरोध अन्त्य गर्ने उदेश्यले पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी केन्द्रिय सदस्य तथा अनेरास्ववियु इन्चार्ज किशोर विक्रम मल्ल , अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडाल ,पाटन क्याम्पसका निवर्तमान अध्यक्ष सुरेस जीसी,उपाध्यक्षहरु अन्जन सापकोटा, सोमबहादुर मोक्तान, प्रज्वाल भन्डारी लगायतको उपस्थितिमा भएको छलफलपछि मोक्तानलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

साथै अनेरास्ववियु केन्द्रिय महासचिव नरेस रोकायाको विशिष्ट आतिथ्यमा मंगलबार पाटन क्याम्पसमा भएको भेलाबाट मोक्तानलाई संयोजकको रुपमा अनुमोदन समेत गरिएको थियो । भेलामा अनेरास्ववियु अनुशासन विभागका अध्यक्ष शोभा सापकोटा, केन्द्रिय सदस्य तथा पाटनका पूर्वविद्यार्थी नेताहरु लागायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*