प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मको लागि स्थगित

काठमाडौं । सङ्घीय संसद अन्तर्गत आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भइ भदौ ५ गते बस्ने भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।

अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सर्वदलिय बैठक राख्नुभएको थियो ।प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार ४ बजे फेरि बैठक बस्ने गरी सकिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*