एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी छ ।

ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेकाले त्यसबारे पनि बैठकमा छलफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*