प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*