राप्रपाका दीपक सिंहद्वारा पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता
काठमाडौँ । संसदको पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटा सिंहको प्रस्तावक र एमालेका प्रेमबहादुर महर्जन समर्थक रहेका छन् ।
माओवादी केन्द्रले सापकोटालाई पूर्वाधार विकास समितिको सभापतिका रुपमा अगाडि सारेको थियो । कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिइएको छ ।
























