सक्रमणकालिन न्याय सम्बन्धि परामर्श बैठक सम्पन्न

हेटौंडा । नेपालमा सक्रमणकालिन न्यायमा परिपुरण पुनर्स्थापकिय न्याय र मेलमिलाप परामर्श बैठक मंगलबार हेटौंडामा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) मकवानपुर र नेपाल पुनःस्थापिकिय न्याय मंचको सयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अतिथी हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महासाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले समाजमा आर्थिक सामाजिक एवम् राजनीतिक रुपमा पछाडी रहेका द्वन्द्व पीडित तथा एकल महिलालाई केन्द्रित गर्दै शिक्षामा छात्रवृत्ति तथा विभिन्न आय आर्जनमा जोड्न विभिन्न कार्यक्रमहरु उपमहानगरले संचालक गरिरहेको बताए ।

कार्यक्रममा मानव अधिकार आयोगका अधिकृत कृष्ण मिश्रले मकवानपुरमा परेको उजुरी मध्य ४ सय उजुरीको छानबिन गर्दै माथिल्लो निकायलाई सिफारिस गरेको बताए । कार्यक्रममा ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले द्वन्द पीडित तथा मानव अधिकार उल्लंघनको घटनामा आफुहरुले निरन्तर रुपमा काम गर्दै आईरहेको बताए । यस्तै उनले मानव अधिकारको उलंघनको घटना कतै भैइरहेको जानकारी भए आफ्नो सस्थामा जानकारी दिन अनुरोध गरे ।

मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको कार्यबाहक अध्यक्ष शान्ता बिकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुनःस्थापिकिय न्याय मंचका अध्यक्ष राम तिवारीले सक्रमणकालिन न्यायमा परिपुरण पुनस्थापना न्याय र मेलमिलाप सम्बन्धि कार्यपत्र पस्तुत गरेका थिए । कार्यक्रममा नेपाल बार एसोसिएसन मकवानपुरको अध्यक्ष अप्सरा बस्नेत , मकवानपुरमा रहेका द्वन्द पिडित परिवार , बेपत्ता परिवारका सदस्यहरु,प्रशासनका प्रतिनिधि ,अपाङ्ग महासंघका प्रतिनिधि र एकल महिलाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*